Comments Add Comment

नेपाललाई इजरायलले दियो स्वास्थ्य सामग्री

२ असार, काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड लगायतका सामग्री हस्तान्तरण गरे ।

त्यस क्रममा मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि महत्वपूर्ण हुने बताए । उनले अप्ठेरो अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिड १९ को जोखिम न्यूनीकरण गर्न नेपाली जनताको साथमा इजरायल सरकार छ भन्ने सन्देश दिएको धारणा राखे ।

इजरायल सरकारले पीपीई सेट (सुट एण्ड ट्राउजर, फेससिल, गगल्स, मास्क र पञ्जा) ५० थान, पीपीई बडी कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर ५ लिटरको ४० जार, स्यानिटाइजर ५ सय एमएलको २ सय ३० बोतल, सोडियम डिसइन्फेक्टेड १ सय जार, पञ्जा ५ सय थान, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान सहयोग स्वरुप उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment