Comments Add Comment

एउटा कुकुरका कारण भएको भयानक युद्ध

विश्वको इतिहासमा अहिलेसम्म अनेक खालका भयानक तथा विनाशकारी युद्धहरु भएका छन् । ती मध्ये अधिकांस युद्धहरु राज्य विस्तार तथा सत्ता प्राप्तिका लागि हुन्छन् । तर दुनियाँमा एउटा यस्तो युद्ध पनि भएको थियो जहाँ केवल एउटा कुकुर युद्धको कारण थियो ।

घटना सन् १९२५ को हो । त्य समय ग्रिस र बुल्गेरियाबीच निकै तनावको स्थिति थियो । त्यहीँ बीचमा दुई देशबीचमा एउटा कुकुरको निहुँमा युद्ध भयो ।

वास्तवमा एकदिन ग्रिसको एउटा कुकुर मेसेडोनियाको सिमानामा प्रवेश गरेछ । आफ्नो कुकुर मेसेडोनियामा छिरेपछि कुकुरका मालिक पनि मेसेडोनियाको सिमाभित्र छिरे ।

सामान्य मानिस अर्को देशको सीमाभित्र छिरेको भए त शायद केही हुन्नथ्यो । तर उक्त कुकुर मालिकचाहिँ ग्रीसको सेनामा सिपाही थिए ।

त्यस समय मेसेडोनियाको सीमाको सुरक्षाको जिम्मा बुल्गेरियाका सैनिकले सम्हालेका थिए । जब बुल्गेरियाका सैनिकले ग्रिक सैनिक मेसेडोनियाको सिमाभित्र प्रवेश गरेको देखे तब उनीहरुले तुरुन्तै गोली प्रहार गरी उनको हत्या गरे ।

सो घटनापछि दुई देशबीच विवाद र तनाव बढ्दै गयो । आफ्नो सैनिकको अनाहकमा हत्या गरेको भन्दै ग्रीसले बुल्गेरियामाथि आक्रमण गर्‍यो।

ग्रीस र बुल्गेरियाबीचको उक्त युद्ध १८ अक्टोबर देखि २३ अक्टोबर सम्म चलेको थियो । युद्धमा करिब ५० जनाको मृत्यु भयो । अन्ततः दुई देशबीच एउटा सन्धि भयो र सो युद्ध समाप्त भयो ।

सन्धिअनुसार युद्धमा भएको क्षतिबापत ग्रिसले बुल्गेरियालाई क्षतिपूर्ति तिर्नुपर्ने भयो । क्षतिपूर्ति बापत त्यसबेला ग्रिसले बुल्गेरियालाई ४५ हजार पाउण्ड बराबरको रकम तिरेको थियो ।

उक्त युद्धलाई प्याट्रिकको घटना पनि भनिन्छ । एउटा कुकुरका कारण दुई देशबीच युद्ध हुनु र धनजनको क्षति हुनुलाई सायद मूर्खतापूर्ण कार्य हो । जुन अब भविष्यमा विरलै दोहोरिएला । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment