Comments Add Comment

जम्मा १ डलरमा घर बेच्दै इटालीको ‘कोरोना मुक्त’ गाउँ

हामीकहाँ एउटा घर किन्नुपर्यो भने कति पर्दछ ? सामान्य आम्दानी भएका मान्छेहरुले सहरमा घर किन्ने सपना नदेखे पनि हुने गरी मूल्य आकाशिएको छ । तर इटालीको एक गाउँमा अब जम्मा एक डलरमा एउटा घर पाइनेछ ।

आफूलाई कोरोना भाइरसमुक्त गाउँ घोषणा गरेको इटालीको सिंक्वेफ्रोन्डी गाउँले नयाँ बासिन्दाहरुलाई आकर्षित गर्नका लागि यस्तो अफरको घोषणा गरेको हो ।

गाउँमा बसोबास गर्न आउने नयाँ मानिसहरुलाई खाली रहेका घरहरु जम्मा १ डलर मूल्यमा उपलब्ध गराइनेछ । तर त्यसका लागि घर खरिद कर्ताले उक्त घरको मर्मत सम्भार तथा रङरोगन गर्ने प्रतिबद्धता जनाउनु पर्नेछ ।

इटालीको कालाब्रिया क्षेत्रमा रहेको सो गाउँमा पछिल्लो समय कुनै पनि कोरोना भाइरस संक्रमित फेला परेका छैनन् । इटालीको क्यालाब्रिया क्षेत्र आफैमा इटालीका अन्य ठाउँभन्दा कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्र हो ।

उक्त गाउँकी मेयरमिचेल कोनियाका अनुसार १ डलरमा घर दिने योजनाको नाम अपरेसन ब्यूटी हो । खाली भएर झण्डै खण्डहर बनेका पूराना घरहरुमा नयाँ बासिन्दालाई आकर्षित गर्नका लागि सो योजना ल्याइएको उनको भनाइ छ । खाली घरमा नयाँ घरधनीहरु फेला पार्न सकिएमा कार्यक्रम सफल हुने उनको विश्वास छ ।

गाउँका बासिन्दाहरु विभिन्न कारणले राजधानी रोम तथा अन्य सहरी क्षेत्रहरुमा बसाइ सरेसँगै सो गाउँ खाली हुँदै गएको छ र मान्छे नबस्ने घरहरु खण्डहरु बन्न थालेका छन् ।

१ डलरमा घर दिने सो योजना अनुसार क्रेताका घरका लागि जम्मा १ डलर मात्रै तिरे पुग्नेछ तर घरको मर्मत तथा जिर्णोद्धार नसकिएसम्म वार्षिक बिमा शूल्कबापत २८० डलर तिर्नुपर्नेछ । त्यस्तै तीन वर्षभित्रमा आफूले किनेको घरको मर्मत तथा जिर्णोद्धारको काम नसकेको खण्डमा झण्डै साढे २२ हजार डलर बराबरको रकम जरिवाना तिर्नुपर्नेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment