+
+
Shares

सुशील भन्छन्–‘नेपाली फिल्ममा ‘परिवारवाद’ छैन’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते ८:४४

नायक सुशान्त सिंह राजपुत बलिउडमा ‘परिवारवाद’ हाबी भएका कारण डिप्रेसनमा गएको र आत्महत्या गर्न बाध्य भएको भन्ने तर्क नायिका कंगना रनावतले प्रस्तुत गरेसँगै अहिले यो मुद्दाले नेपाली चलचित्र बजारलाई पनि तताएको छ । नेपाली चलचित्रमा पनि ‘परिवारवाद’ हाबी रहेको भन्दै केही कलाकारले भनाइ सार्वजनिक गरेका छन् ।

तर नेपाली चलचित्र क्षेत्रमा निकै कम मात्र यस्ता कलाकार छन्, जसको परिवार यही क्षेत्रमा समर्पित छन् । यसैले नेपाली चलचित्रमा ‘परिवारवाद’ हाबी छ भन्नु तर्कसंगत नहुने तर्क केही कलाकारको छ ।

नायक सुशील श्रेष्ठ चलचित्र क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेका छन् । उनै सुशील नेपाली चलचित्र क्षेत्रमा ‘परिवारवाद’ हाबी छ भनेर भन्न नहुने बताउँछन् । उनले लेखेका छन्–‘फिल्मी परिवारबाट आएका कलाकारहरू पनि कति चलेका छन् भने कति चलेका छैनन् । जो-जो चल्नुभएको छ आफ्नै प्रतिभा अथवा केही न केही फरक कुराका कारण चल्नुभएको छ । नेपालमा परिवारवादको कुरा नगरौं जस्तो लाग्छ । बरु आफू मेहनत गर्दै गरौं, अगाडि बढ्दै गरौं । यही हार नै तपाईंको जितको सुरुवात हुनेछ ।’

उनले चलचित्र क्षेत्रको पृष्ठभूमि नभएका धेरै कलाकार आज राम्रो स्थानमा पुगेको भन्दै कहिलेकाहीँ फिल्मी पृष्ठभूमिबाट आउने कलाकारको कोणबाट पनि सोच्न आवश्यक रहेको बताएका छन् । मेहनत नगर्ने कलाकारलाई दर्शकले नै पन्छाइरहेको सुशीलको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?