Comments Add Comment

किंग्सले कोमानले २४ वर्षमै जिते आठौं लिग उपाधि

३ असार, काठमाडौं । फ्रेन्च युवा खेलाडी किंग्सले कोमानले २४ वर्षमै ८ पटक लिग उपाधि जितेका छन् । उनले २४ औं वर्ष लागेको तीन दिनपछि नै आफ्नो करियरको आठौं लिग उपाधि जितेका हुन् ।

जर्मन क्लब बायर्न म्युनिखबाट खेल्दै आएका कोमानले मंगलवार पाँच पटक बुण्डेसलिगा उपाधि जिते । बायर्नले वेडर ब्रेमेनलाई १-० ले पराजित गर्दै लगातार आठौं पटक लिग जित्दा कोमानले लगातार पाँचौ पटक लिग जिते  ।

उनले इटालियन क्लब युभेन्ट्सबाट सिरि ए एक पटक जितेका छन् भने आफ्नै देशको पेरिस सेन्ट जर्मेनबाट पनि फ्रेन्च लिग वान दुई पटक नै जितेका छन् ।

२०१२-२०१३ मा पीएसजीले लिग जित्दा कोमानले खेल्न भने पाएनन् । यस्तै तीन वर्षपछि युभेन्ट्सबाट उनले एक खेल मात्रै खेले ।

२०१४-१५ मा उनले युभेन्ट्सका लागि डोमेस्टिक डबल उपाधि जिते । त्यसलगत्तै उनी लोनमा जर्मन क्लब बायर्न पुगेका थिए ।

यस्तै उनले तेस्रो पटक जर्मन कप जित्ने सम्भावना पनि छ। जर्मन कप फाइनलमा बायर्नले बाभर लेभरकुजनसँग जुलाई ४ मा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment