Comments Add Comment

पर्वतका पाँच जनामा कोरोना संक्रमण पुष्टि

४ असार, काठमाडौं । पर्वतका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कुस्मा नगरपालिकाका र फलेबास नगरपालिका दुई–दुई जना तथा मोदी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

भरतपुर प्रयोगशाला स्रोतले विहीबार विहान दिएको जानकारी अनुसार कुस्मा नगरपालिका–१२ का ४२ वर्षीय पुरुष, कुस्मा नगरपालिका १३ का २० वर्षीया महिला, फलेबास नगरपालिका २ का ३७ र ३० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पर्वतकै मोदी गाउँपालिका ६ का ३८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको प्रयोगशाला स्रोतले बतायो ।

पर्वत गण्डकी प्रदेशका १० जिल्लामध्ये एक हो । बिहीबार बिहान मात्रै गण्डकी प्रदेश निर्देशनालयले हिमाली जिल्ला मनाङसहित चार जिल्लामा ४२ जना कोरोना संक्रमित थपिएको सूचना सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment