Comments Add Comment

कृतिको आक्रोश–‘सामाजिक सञ्जाल बिषालु ठाउँ हो’

नायक सुशान्त सिंह राजपुतको निधनपछि मिडिया र दर्शकको शैली देखेर नायिका कृति सेननले आक्रोश व्यक्त गरेकी छन् । उनले इन्स्टाग्राममा लामो पोस्ट लेख्दै सामाजिक सञ्जालमा हुने विकृतिप्रति आक्रोश पोखेकी हुन् ।

कृतिले लेखेकी छन्–‘यो अचम्मको कुरा हो कि ट्रोल र गसिपमा रमाउनेहरू अहिले जुर्मुराएका छन् र कसैको राम्रो कुरा गर्न थालेका छन् जो यो दुनियाँमा नै छैन । सामाजिक सञ्जाल झूटो र बिषालु स्थान हो । यदि तपाईं आफूले कसैको निधनमा केही लेख्नुभएन भने मानिसहरू सोच्छन् कि उसको निधनमा तपाईं दु:खी हुनुहुन्न ।’

कृतिले सामाजिक सञ्जाल नै वास्तविक दुनियाँ भएको र वास्तविक दुनियाँलाई मानिसहरूले फेक सम्झिन थालेको बताएकी छिन्।

कृतिले केही मिडियाकर्मीहरूमाथि पनि प्रश्न उठाएकी छिन् । उनी लेख्छिन्–‘यस्तो समयमा केही मिडियाकर्मीहरू प्रतिक्रियाको अपेक्षा गर्छन् र लाइभ कुराकानीको लागि आग्रह गर्छन् । कसैको अन्तिम संस्कारमा पुग्दा कारको ढोका खोलेर तस्वीर क्लिक गर्नका लागि अपिल गर्छन् । म भन्न चाहन्छु कि अन्तिम संस्कार व्यक्तिगत हुन्छ । यस्तो स्थानमा तपाईहरू नआउनुहोस् र आउनुभयो भने पनि गरिमा बनाउनुहोस् ।’

कृतिले यस्तो समयमा रुँदा मानिसहरूले कमजोरी सम्झिने गरेको बताउँदै लेखेकी छिन्–‘रुनु, कमजोरी होइन । तपाईंलाइ रुन आउँछ भने रुनुहोस्, कराउन मन लाग्छ भने कराउनुहोस् । तपाईं आफ्नो समय लिनुहोस् र हरेक कुरालाई ठिक ठाउँमा ल्याउनेतर्फ सोच्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment