Comments Add Comment

सीमा क्षेत्रमा शान्ति कायम राख्न चीन र भारतलाई शान्ति समाजको आग्रह

४ असार, बुटवल । मानव अधिकारी तथा शान्ति समाजले चीन र भारतलाई सीमा क्षेत्रमा शान्ति कायम राख्न अपिल गरेको छ ।

शान्ति समाज रुपन्देहीले बुटवलमा बिहीबार प्रदर्शन गर्दै वार्ताबाटै समस्याको समाधान खोज्न दुवै देशसँग आग्रह गरेको हो ।

समाजले बुटवलको पुष्पलालपार्कमा बुधबार प्लेकार्डसहित प्रदर्शन गरेको हो । सोमबार राति चीन र भारतको सीमाक्षेत्र लद्दाखमा दुई देशका सैनिकहरुबीच झडप हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दक्षिण एसियामा युद्धको त्रास छाउन थालेको भन्दै थप झडप र युद्धमा जान नदिन दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको समाजले जनाएको छ ।

प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले दुई छिमेकी मुलुकसँग नेपाल सरकारले समदुरीको सम्बन्ध राखेर वार्ता र संवादको माध्यमबाट सीमा विवादको समाधान खोज्न आग्रह गर्नुपर्ने बताए ।

दुई देशबीचको तनावले नेपाल पनि प्रभावित हुने र भारतीय सेनामा रहेका नेपाली नागरिकहरु युद्धको चपेटामा पर्नसक्ने विषयलाई सरकारले गम्भीररुपमा लिनुपर्ने खनालले सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment