+
+
Shares

रुसमा घट्न थाले कोरोनाका नयाँ संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १५:२५

४ असार, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या घट्न थालेको छ ।

रुसले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार रुसमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ६ सातायताकै सबैभन्दा कम देखिएको छ । पछिल्लो २४ घण्टामा रुसमा सात हजार ७९० नयाँ संक्रमित फेला परेका छन् । यसअघि अघिल्लो दिन रुसमा सात हजार ८४३ नयाँ संक्रमित फेला परेका थिए । यो संख्या गत अप्रिल ३० यताकै कम थियो ।

रुसमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख ६१ हजार ९१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट १८२ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि सात हजार ६६० पुगेको छ ।

रुस संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट तेस्रो बढी प्रभावित मुलुक हो । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुकको सूचीमा पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिल छन् ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?