
४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
भक्तपुर व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका- १६ का २२ वर्षका पुरुषमा कोभिड-१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
त्यसैगरी काठमाडौंको कपन बालुवाखानीका ४५ वर्षका पुरुष र काठमाडौं तीनकुनेकी ३४ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको छ । तर ललितपुरका संक्रमितबारे भने केही खुलेको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौं उपत्यकामा भेटिएका संक्रमितको ठेगाना नखुलेको बताए । ‘भरेसम्म केही थाहा होला कि !’ उनले अनलाइनखबरसँग भने ।
उपत्यकामा भेटिएका ६ जना संक्रमितमध्ये ४ जनालाई पाटन अस्पताल लगिएको छ भने १ जनालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालामा लगिएको छ ।
प्रतिक्रिया 4