
४ असार, विराटनगर । भारतको सिलगुढीबाट केही दिनअघि विराटनगर आएकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका– १३ की ३६ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो ।
केही दिनअघि भारतको सिलगुढीबाट आएकी उनी होम क्वारेन्टिनमा बसेकी थिइन् । उनको कोसी अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए ।
वडा कार्यालयको सिफारिसमा होम क्वारेन्टिनमा बसेकी महिलाको आठ महिनाको बच्चा पनि छ । आमालाई कोरोना देखिएपछि ८ महिने बच्चाको पनि स्वाब संकलन गरी परीक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको कार्कीले बताए ।
बिहीबार नै झापाको हल्दीबारी गाउँपालिकामा २ जना महिलामा कोरोना संक्रमण देखिएको थियो । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१९ पुगेको छ । ती मध्ये २२४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया 4