Comments Add Comment

रियाशालाई ‘ए है माया’ भनेर बोलाउँदै पल र सागर

मोडलत्रय पल शाह, सागर लम्साल र रियाशा दाहालले अभिनय गरेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ । लकडाउन केही खुकुलो भएपछि भौतिक दुरी कायम गरी यो भिडियो निर्माण गरिएको हो।

‘ए है माया’ बोलको गीतमा पल, बले, रियाशासँगै सुधिर श्रेष्ठलाई देख्न सकिन्छ । दीपक शर्माको संगीत रहेको यो गीतमा सरोज ओली र मेलिना राइको स्वर र सरोजकै शब्द छ ।

विक्रम स्वारको कोरियोग्राफीमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन छ । भिडियोमा क्वारेन्टिनमा रहेकी युवतीप्रतिको मायालाई देखाइएको छ ।

भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोहीअनुसार व्यवहार गर्नुपर्ने सन्देश प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment