Comments Add Comment

कुवेतबाट फर्किएकी अर्की महिलामा पनि कोरोना संक्रमण

४ असार, काठमाडौं । कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी अर्की एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका स्रोतका अनुसार कुवेतबाट फर्केकी २२ वर्षकी महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनी चितवनकी हुन् ।

कुवेत सरकारले जेठ २९ गते जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये उनी पनि एक हुन् । गत आइतबार त्यही समूहकी अर्की महिलामा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरू भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा छन् ।

काठमाडौं उपत्यकामा ६ जना संक्रमित भेटिए

बिहीबार काठमाडौं उपत्यकामा ६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरका ३ जना, काठमाडौंका २ जना र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।

भक्तपुर व्यासीका २४ वर्षीय पुरुष, टीकाथलीका ५० वर्षका पुरुष  र भक्तपुर नगरपालिका- १६ का २२ वर्षका पुरुषमा कोभिड-१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

त्यसैगरी काठमाडौंको कपन बालुवाखानीका ४५ वर्षका पुरुष र काठमाडौं तीनकुनेकी ३४ वर्षकी महिलामा पनि संक्रमण पुष्टि भएको छ । तर ललितपुरका संक्रमितबारे भने केही खुलेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौं उपत्यकामा भेटिएका संक्रमितको ठेगाना  नखुलेको बताए । ‘भरेसम्म केही थाहा होला कि !’ उनले अनलाइनखबरसँग भने ।

उपत्यकामा भेटिएका ६ जना संक्रमितमध्ये ४ जनालाई पाटन अस्पताल लगिएको छ भने एक जनालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालामा लगिएको छ ।

अर्का एक जनालाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा लगिएको छ । मन्त्रालयका प्रवक्ता गौतमले भने, ‘उनीहरूको ट्राभल हिस्ट्री पनि हामीकहाँ आइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment