+
+
Shares

ओमानबाट थप १४५ जना नेपाली फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १९:४०

४ असार, काठमाडौं । ओमानबाट दोस्रो चार्टर उडानमार्फत् १४५ जना नेपालीहरू फर्किएका छन् । जसमा ११० पुरूष तथा ३५ महिला छन् ।

नेपाली राजदूतावास ओमानको संयोजनमा कोभिड-१९को महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्किनैपर्ने नेपाली नागरिकहरूलाई फर्काइएको हो । उनीहरू सलाम एयरको विमानमार्फत काठमाडौं आएका हुन् ।

फर्किएकाहरुले कोभिड-१९ को पीसीआर स्वाब परीक्षण गरिएको थियो । विमानस्थलमा राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फिर्ती हुनेहरुलाई बिदाइ गरेकी थिइन् ।

यात्रुहरूको यात्रा सहजीकरणको लागि दूतावासका द्वितीय सचिव श्री सोमेश थापा, श्रम सहचारी कृष्णाकुमारी गौली, सहचारी अनिल राणा लगायत कूटनीतिक तथा स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका अध्यक्ष, सदस्यहरू लगायत उपस्थिसति थिए ।

र्को चार्टर उडानबारे दूतावासद्वारा चाँडै सूचना जारी गरिने दूतावासले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?