Comments Add Comment

कोरोना संक्रमणका कारण कैलालीका दुई जनाको मृत्यु

३ असार, धनगढी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलालीका दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै मृतकको संख्या २२ पुगेको छ ।

गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजिवन अस्पतालमा उपचार गर्न गएका उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पचाल सारिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक स्वस्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।

बरिस्ठ फिजिसियन डा. निराजन दत्त शर्माकाअनुसार अस्पतालमा ल्याउँदा उनलाई कडा खालको निमोनिया थियो । थप उपचारका लागि काठमाडौं लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि सम्भव नभएको बताइएको छ ।

यस्तै लम्की चुहा नगरपालिका-२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

टाउकोमा लागेको चोटठका कारण आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो ।

उनको मंगलबार साढे ११ बजेतिर उनको निधन भयो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय, बाँकेका नरेश श्रेष्ठले बताए ।

आत्महत्या गरेका दुई जनामा संक्रमण पुष्टि

यस्तै आत्महत्या गरेका अर्घाखाँचीको शितगंगा नगरपालिका-५ का देबबहादुर विकमा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका उनले मंगलबार राति रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

विकको जेठ २४ गते आरडीटी पोजेटिभ आएपछि २५ गते पीसीआर परीक्षणका लागि स्वाबको नमुना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी भारतको पञ्जाबबाट आएका थिए । भारतबाट आएर क्वारेन्टिनमा बसेको २५ दिन भइसकेको थियो ।

उनले आत्महत्या गरेपछि पीसीआर रिपोर्ट नआएका कारण दिनभर शव रुखमै झुण्डिएकै अवस्थामा थियो । वडा अध्यक्ष कमल पौडेलका अनुसार संक्रमण पुष्टि भएछि साँझ ५ बजेतिर नेपाली सेनाको टोलीले विकको शब वडा नम्बर ५ कै जंगलमा लगेर व्यवस्थापन गरेको छ ।

यस्तै सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका-८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment