+
+
Shares

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १०:५०

३ असार, नेपालगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

कैलालीको लम्की चुहा नगरपालिका-२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनको सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो । र, बधुबार साढे ११ बजेतिर उनको निधन भयो ।

साँझ उनको रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, बाँकेका नरेश श्रेष्ठले बताए ।

लम्कीचुहाका मेयर महादेव बजगाईँका अनुसार मृतक महिला केही समयदेखि बिरामी थिइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?