Comments Add Comment

दिव्या सिंहलाई डिन बनाएको विरोधमा नेकपाकै विद्यार्थीले लगाए ताला

४ असार, काठमाडौं । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा डा. दिव्यासिंह शाहको नियुक्तिको विरोध गर्दै तालाबन्दी गरेको छ ।

डा. शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने माग गर्दै अनेरास्‍ववियूको महाराजगञ्ज चिकित्सा क्याम्पस कमिटीले आईओएममा तालाबन्दी गरेको हो ।

वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा. सिंहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले बताए । आफूहरुको यो कदमप्रति प्राध्यापक तथा कर्मचारीका संगठनहरुको समर्थन रहेको समेत उनले दावी गरे ।

प्रा. डा प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटिले नाम सिफारिस गरे लगत्तै बुधबार त्रिवि कार्यकारी परिषदले डा. शाहलाई आईओएमको डिनम नियुक्ति गरेको हो । शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् ।

प्रधानमन्त्री आडमा वरिष्ठताको क्रम मिचेर डिन नियुक्त गरिएको विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थी नेता पंगेनीले डा. गोविन्द केसीको लगातारको अनशनपछि आईओएममा वरिष्ठताको आधारमा डिन छान्ने पद्धति बसेको भन्दै अहिले उक्त पद्धति मिचेर गरिएको निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी जारी रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment