
३ असार, काठमाडौं । सरकारले विद्युत महसुल घटाएको छ । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरुलाई विजुली भने निःशुल्क दिइने भएको छ ।
विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको हो ।
विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार ५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ । प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ ।
२१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत महसुल हिसाव गरेर तिर्नुपर्नेछ ।
३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने छ ।
५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने भएको छ ।
त्यसैगरी १०१ देखि १५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्रतियुनिट शुल्क तिर्नुपर्ने भएको छ ।
१५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महसुल तोकिएको छ ।
२५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महशुल तिनुपर्ने हुन्छ ।
४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियनिट विजुली महसुल तिर्नुपर्ने छ ।
आयोगले घरायसी ग्राहकको लागि १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म विजुली लाइन लिँदा पनि खपतका आधारममा फरक-फरक द तोकेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यत्रकारी निर्देशक कुलमान घिसिङले सरदर १० प्रतिशत विद्युत महशुलदर घटेको बताए ।नयाँ महशुल दर अनुसार नेपालमा विद्युतको खपत आगामी दिनमा बढ्ने अपेक्षा गरिएको छ ।
नयाँ महसुलको दर यस्तो छ
नयाँ विद्युत महशुल दरका भएका मुख्य परिवर्तनहरु
१ . १० युनिटसम्मको ५ एम्पियरका ग्राहस्थ ग्राहकलाई इनर्जी शुल्क निःशुल्क गरिएको छ । १० युनिट भन्दामाथि खपत गर्ने ग्राहस्थ ग्राहकहरुको विद्युत महशुल अधिकतम १० प्रतिशतसम्म घटाइएको छ । यसले गर्दा इन्डक्सन कुकिङलाई प्रोत्साहन पुग्ने दावी गरिएको छ ।
२. डेडिकेटेड र ट्रंक लाइनको महसुल खारेज भएको छ । यसले यो वर्गको औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकहरुको करिव ६५ प्रतिशतसम्म महसुल कम हुने बताइएको छ ।
३. सामुदायिक खानेपानी र सिँचाइ वर्गका ग्राहकहरुको डिमाण्ड चार्ज पूर्णरुपले हटाएको छ भने सामुदायिक खानेपानी ग्राहकहरुको ईनर्जी शुल्क रु ५.२० बाट रु ४.२० कायम गरिएको छ । ११ केभी का सामुदायिक खानेपानी ग्राहकहरुको महशुल रातिको समयमा रु ३.४० कायम गरिएको छ । जसअनुसार औसत खानेपानी ग्राहकहरुको महशुल ४० देखि ५० प्रतिशत कम हुने भनिएको छ ।
४. विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशनको महशुल अत्यन्त सस्तो कायम गरिएको छ । राति (११ बजेदेखि बिहान ५ बजेसम्म) को लागि ११ के.भी. को ईनर्जी शुल्क रु. ४.२० कायम गरिएको छ । यसबाट विद्युतीय सवारी साधनको प्रति किमी विद्युत खर्च पेट्रोल गाडीको भन्दा १० गुणाभन्दा बढीले कम हुने दावी छ ।
५. सामुदायिक थोक ग्राहकहरुको २० युनिटसम्मको इनर्जी शुल्क रु. ४.२५ बाट रु. ३ अर्थात ३१ प्रतिशतले कम कायम गरिएको छ ।
हेर्नुस् कसको कति कायम भयो नयाँ महसुल
प्रतिक्रिया 4