
साढे २ महिनाभन्दा लामो लकडाउन लुजडाउनमा बदलिएको छ । तर पनि चलचित्र क्षेत्रको काम सुरु हुन सकेको छैन। केही कलाकार म्युजिक भिडियो छायाङ्कनमा व्यस्त हुन थालेका छन्। चलचित्रको प्रदर्शन र निर्माण कहिलेबाट सुरु हुन्छ भन्न सकिने अवस्था छैन ।
नायक सुशील श्रेष्ठ पनि लकडाउनका कारण लामो समय घरमै रहे । उनले लकडाउनको समयमा आफ्नो कमाइ शून्य भएको बताए । लकडाउनमा कमाइ र खर्च कस्तो भयो त भन्ने प्रश्नमा उनले भने–‘आम्दानी त शून्य नै भयो भन्नुपर्छ । खर्च भने केही भयो।’
सुशीलले लकडाउनको समयमा पुस्तक पढेको बताए । उनले भने-‘यो लकडाउनको समयमा मैले धेरै पुस्तकहरू पढ्ने मौका पाएँ । मैले केही धार्मिक र केही मनोवैज्ञानिक ज्ञान प्राप्त गर्ने पुस्तक पनि पढेँ । यो पनि मेरो एउटा ठूलो आम्दानी हो । भविष्यमा अहिले प्राप्त गरेको ज्ञान काम लाग्छ भन्नेमा विश्वस्त छु ।’
गत वर्ष सुशीलका २ चलचित्र ‘बादशाह जुट र लभ डायरिज’ रिलिज भएका थिए । सुशील लकडाउन पूर्ण रुपमा खुलेपछि काममा फर्किने बताउँछन् ।
प्रतिक्रिया 4