
५ असार, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसको कारण ४७ हजार ७४८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २३८ जनाको मृत्यु भएको हो ।
साथै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि नौ लाख ७८ हजार १४२ पुगेको छ । यसैबीच ब्राजिलमा फुटबल पनि शुरु भएको छ । बिहीबार रातिदेखि रियो दि जेनेरियो स्टेट च्याम्पियनसिपअन्तर्गतका खेलहरु सुरु भएका हुन् । तर, दर्शकहरुलाई भने मैदानमा जान दिइएको छैन ।
कोरोना भाइरसको महामारी फैलिएसँगै ब्राजिलमा गत मार्चदेखि सबै फुटबलका खेलहरु स्थगित गरिएको थियो । यद्यपि अन्य खेल प्रतियोगिताको लागि भने अझै मिति सार्वजनिक भएको छैन ।
स्रोत : अलजजिरा
प्रतिक्रिया 4