+
+
Shares

आईओएमको डिन नियुक्ति सच्याउन डा. केसीको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १४:२९

५  असार, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले त्रिभुवन  विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डिन नियुक्तिमा विरोध जनाएका छन् । त्रिविले बुधबार वरिष्ठता मिचेर डिनमा डा. दिव्या सिंह शाहलाई नियुक्त गरेकामा केसीले विरोध जनाएका हुन् ।

वरिष्ठताकै आधारमा डिनलगायतका पदाधिकारीहरु नियुक्त हुनुपर्छ भनेर बारम्बार आन्दोलन गर्दा पनि प्रकिया मिचेको भन्दै केसीले भनेका छन् । ‘यसबाट व्यक्ति विशेषको नियुक्ति हुने वा नहुने भन्दा पनि वरिष्ठताको आधार भत्किने र सरकारलाई आफूखुशी कार्यकर्ताहरु भर्ती गर्न बाटो खुल्ने अवस्था सिर्जना भएको छ’ उनले भनेका छन् ।

वरिष्ठता मिचिँदा अहिले नै पार्टी कार्यकर्ताहरु आईओएमका विभिन्न पद हत्याउन मुसा दौडमा संलग्न भइसकेको भन्दै केसीले तीमध्ये सबैभन्दा अक्षम र संस्थालाई दोहन गर्न पल्केका कार्यकर्ताहरु अहिले पद पाउन नेता रिझाउन लागि परेको पनि बताए ।

‘त्यसो हुँदा संस्था फेरि धराशायी हुने निश्चित छ’ केसीले विज्ञप्ति जारी गरी भनेका छन् ।

डा. केसीले वरिष्ठताको आधारविना भएका नियुक्ति सच्याउन माग समेत गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘त्यसो नभएमा यी सारा समस्याका जडका रुपमा रहेको ओली–प्रचण्ड मनपरीतन्त्र विरुद्ध कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?