Comments Add Comment

आईओएमको डीन नियुक्तिप्रति विवेकशीलको विरोध

५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन नियुक्तिप्रति विवेकशील नेपाली दलले विरोध जनाएको छ ।

योग्यता, क्षमता र बरिष्ठताको आधारविनै प्रधानमन्त्रीको निजी चिकित्सकसमेत रहेकी प्राध्यापक डा दिव्या सिंहलाई डिन नियुक्ति गरिएको भन्दै विवेकशीलले विरोध जनाएको हो ।

विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति जारी गर्दै आईओएमको डीन नियुक्ति सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत पनि भएको बताएकी छन् ।

विज्ञप्तिमार्फल विवेकशीलले राज्यका प्राज्ञिक निकायहरु बलियो भए मात्र लोकतन्त्र बलियो हुने भएकोले प्राज्ञिक निकायमा अनावश्यक राजनीतिक हस्तक्षेप नगर्नसमेत सरकारलाई सुझाव दिएको छ ।

यसअघि प्राध्यापक डाक्टर गोविन्द केसी र नेकपाकै विद्यार्थी संगठनले पनि आईओएमको डीन नियुक्तिप्रति विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment