Comments Add Comment

आकाशलाई छैन असफलताको डर

चलचित्रको रंगीन दुनियाँमा असफलता भन्ने शब्द अप्रिय छ । यही शब्दले कैयौ कलाकारको जिन्दगीलाई अध्यारोमा धकेलिदिन्छ ।

हरेक शुक्रबार कलाकारको करिअरमा परिर्वतन आउँछ । एउटा चलचित्रको व्यापारले कलाकारको जिन्दगीको फैसला गरिदिन्छ । यसैले पनि असफलतासँग जोगिन सकिएन भने यसले जोखिम निम्त्याउँछ ।

नायक आकाश श्रेष्ठ पनि चलचित्र करिअरमा कहिले सफल त कहिले असफल हुँदै अगाडि बढिरहेका छन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ बक्स अफिसमा नमज्जाले चिप्लियो । यसपछि, उनलाई ‘ब्ल्याक’ नामक चलचित्रले अर्को झट्का दियो ।

चलचित्र ‘रामकहानी’मा अभिनय गरिसकेपछि भने उनको करिअर राम्रो बाटोमा हिडिरहेको छ । ‘पोई पर्यो काले’पछि उनलाई अझै सहज भयो । उनी अभिनित ‘सम्हालिन्छ कहिले मन र संझना विर्सना’ रिलिजका लागि तयारी अवस्थामा छन् । तर, आकाशका लागि अझै पनि करिअरमा धेरै मिहिनेत गर्न आवश्यक छ ।

उनै, आकाश आफूलाई असफलताले खासै फरक नपार्ने बताउँछन् । आकाश लेख्छन्–‘मैले असफलताको डरलाई ममाथि कोशिश गर्नबाटै टाढा पुर्याएको छु ।’

आकाशको यो भनाइले के वुझिन्छ भने, उनमा असफल हुन्छु कि भन्ने डर छैन । सायद, यसैले पनि आकाश उतारचढावले भरिएको करिअरलाई सुखद तरिकाले अगाडि बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment