Comments Add Comment

बारामा थपिए तीनजना कोरोना संक्रमित

६ असार, वीरगञ्ज । बारामा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीनजना पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये एकजना २४ वर्षीय पुरुष हुन् । अन्य दुईजनाको उमेर खुलेको छैन । फर्ममा दुई संक्रमितको उमेर उल्लेख भएको छैन ।

संक्रमित तीनै जनाको स्वाब सिम्रौनगढ नगरपालिकाबाट पठाइएको थियो । योसँगै बारा जिल्लामा संक्रमितको संख्या १०६ पुगेको छ ।

एकजना महिलासहित २० जनाको कलैया अस्पताल अन्र्तगत शैक्षिक तालिम केन्द्र गंगापुर आइसोलेसनमा उपचार भइरहेको छ । अरु संक्रमित डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment