+
+
Shares

खाद्यले फेरि बेच्न थाल्यो इन्डक्सन चुल्हो, उपत्यकामा होम डेलिभरी सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते १२:३२

७ असार काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले इनडक्सन चुल्होको बिक्री सुरु गरेको छ । शनिबारदेखि काठमाडौं उपत्यकामा होम डेलीभरी सेवासंगै इन्डक्सनको पुःन बिक्रि सुरु गरेको कम्पनीले जनाएको छ ।

बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुल्हो, जडिबुटी कम्पनीको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानको शुद्ध घिउ पनि बिक्री थालिएको कम्पनीले जनाएको छ ।

यसअघि चामल, गेडागुडी लगायतका खाद्यन्नको चक्रपथभित्र मात्रै डेलिभरी सेवा दिएको कम्पनीले सस्तो डिलसँगको सहकार्यमा सेवा विस्तार गर्ने भएको हो ।
व्यापार साझेदारीकालागि सस्तोडीलसँग सम्झौता भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद सुवेदीले जानकारी दिए ।

‘सस्तो डिलको वेबसाइटमा खाद्य कम्पनीको सामाग्री राखिन्छ, उपभोक्ताको अर्डर आएपछि हाम्रो गोदाममा आएर उहाँहरुले डेलिभरी दिनुहुन्छ,’ सीईओ सुवेदीले थपे ‘यसरी डेलिभरी दिँदा अर्डरको रकम खाद्य कम्पनीकै बैंक खातामा जम्मा हुन्छ ।’

उपभाक्ताको मागलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको र लकडाउन अवधिभर सस्तो डिलले कुनै शुल्क नलिने सहमति भएको पनि कम्पनीले जनाएको छ ।

तत्कालका लागि सस्तो डिलसँग सम्झौता भएपनि कानूनी रुपमा दर्ता भएका अरु थप कम्पनीसँग सहकार्य गरेर धेरै सहभागितामा बजार विस्तारको योजनामा कम्पनी रहेको सीईओ सुवेदीले बताए ।

कम्पनीले बाल्ट्रा कम्पनीको इन्डक्सन ४ हजार रुपैयाँमा बेच्न थालेको हो । सरकारी कम्पनीबाट सामान खरिद गर्न नेपाल फुड डटजीओभी डटएनपीबाट अर्डर गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?