+
+
Shares

काठमाडौं प्रवेश गर्न लागेका बस प्रहरीको नियन्त्रणमा 

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते १७:४४

७ असार, काठमाडौं । पास नलिएरै काठमाडौं उपत्यका प्रवेश गर्न लागेका सार्वजनिक सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको नयाँ मोडालिटीको नियम पालना नगरी प्रवेश गर्न खोजेपछि नेपालगञ्ज र झापाबाट आएका तीनवटा बस र एउटा हाइससहित चालकलाई नागढुंगा नाकाबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नेपालगञ्जबाट आएको बा४ख ७३६३, ना७ख ५३९५ नम्बरको बस र बा४ख ४५८० नम्बरको हाइस र झापाबाट आएको ना५ख ५८३४ नम्बरको बस र चालकलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

लकडाउनको मौकाको फाइदा उठाएर सार्वजनिक बसहरूमा विना पास बढी भाडा लिई काठमाडौँ उपत्यका भित्रिदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा बस र चालकलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौत्तमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?