Comments Add Comment

गुल्मीमा ५०० लिटर घरेलु मदिरा नष्ट

७ असार, गुल्मी । समाजमा अपराधिक क्रियाकलाप र घरेलु हिंसा बढाउने भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नियन्त्रण अभियान चलाएको छ ।

कोरोना भाइरस -कोभिड-१९) को संक्रमण बढिरहेका बेला मदिराले समाजमा नकरात्मक प्रभाव पार्ने भन्दै प्रहरीले जिल्लाभर घरेलु मदिरा नियन्त्रण अभियान चलाएको हो ।

जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको पाँचसय लिटर र २५ किलो मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिसकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए ।

मदिराले झैझगडालगायत अन्य समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्न लागि परेको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

घरेलु मदिरा चेक जाँच तथा नियन्त्रण गर्ने अभियान जिल्लाका ग्रामीण बस्तीहरुमा पनि संञ्चालन गरिरहेको प्रहरीले जनाएको छ । जिल्ला भर धेरै जसो स्थानीय तहले मदिरा बेच्ने समय तालिका नै बनाएका थिए ।

तर पछिल्लो ३ महिना यता कोरोना भाइरसको संक्रमण बढेको र लक डाउनको अवधिमा बेच्न र स्थानीय तहमा ल्याउनको निम्ति प्रतिबन्ध नै गरेका छन् ।

जिल्लामा घरेलु मदिरा सेवनले मुख्य गरी घरेलु हिँसासँगै झुन्डेर आत्माहत्य गर्ने गरेको पाइएको प्रहरीको तथ्याङ्कमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment