Comments Add Comment

धनीहरुको जीवनशैलीको ‘अडिट’ गर्दै जिम्बाबे सरकार

धनीहरु अझै धनी हुँदै जाने तर गरीबहरु झनै गरीब बन्दै जानु देशका लागि अवस्य पनि राम्रो होइन । धनीहरुले श्रोत नखुलेको सम्पत्ति थुपार्न थालेपछि जिम्बाबे सरकारले चाहिँ नयाँ उपाय अपनाएको छ । अब जिम्बाबे सरकारले देशका धनाढ्यहरुको जीवनशैलीको परीक्षण अर्थात् अडिट गर्ने भएको छ ।

जसअनुसार आफ्नो सम्पत्ति कहाँबाट आएको हो ? भन्ने श्रोत तथा कारण खुलाउन नसक्नेहरुको धनसम्पत्ति सरकारले जफत गर्न सक्नेछ ।

जिम्बाबेको भ्रष्टाचार नियन्त्रण आयोगका अध्यक्षका अनुसार सरकारले विष्तृतत जीवनशैली अडिटको कारबाही अगाडि बढाएको छ ।

उनका अनुसार जिम्बाबेका केही धनाढ्यहरुको विस्तृत जीवनशैली परीक्षण गरिसकिएको छ । उनीहरुले आफूसँग भएको वस्तु तथा सेवाजस्ता सम्पत्तिहरु खरिद गरेको बिल तथा प्रमाण र आम्दानीको श्रोत खुल्ने कागजात पेस गर्नुपर्नेछ । साथै ती धनाढ्यहरु वा उनीहरुले सञ्चालन गरिरहेको व्यवसायबाट कर तिरे नतिरेको समेत भ्रष्टाचार निवारण आयोगले छानबिन गर्नेछ ।

स्मरणरहोस् सन् २०१६ मा जिम्बाबेमा बनेको कानुन अनुसार भ्रष्टाचार निवारण आयोगलाई कुनै पनि नागरिकमाथि उसको सम्पत्तिको छानबिन गर्ने तथा श्रोत खुलाउनका लागि आदेश दिनसक्ने अधिकार छ । श्रोत खुलाउन नसकेको अवस्थामा त्यस्तो सम्पत्ति स्वतः राज्यले जफत गर्नेछ ।

जिम्बाबेले पछिल्लो एक दशकदेखि अत्यन्तै खराब आर्थिक संकटको सामना गरिरहेको छ र न्यून गुणस्तरीय सार्वजनिक सेवाका साथै भ्रष्टाचारका कारण आम जनतामा आक्रोस बढ्दै गएको छ ।

एक करोड ५६ लाख जनसंख्या भएको जिम्बाबेको कुल जनसंख्याको ६३ प्रतिशत मानिस गरिबीको रेखामुनि छन् । पर्याप्त पोषणको अभावका कारण सयमा २३ जना बालबालिका पुड्कोपनाको सिकार छन् । त्यस्तै देशको वार्षिक मुद्रास्फिती दर ७८५.५ प्रतिशत रहेको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment