Comments Add Comment

सुदूरपश्चिमका ७० प्रतिशत कोरोना संक्रमित युवा

८ असार, डोटी । सुदूरपश्चिम प्रदेशमा पुष्टि भएका कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरुमध्ये धेरै युवाहरु रहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिममा आइतबारसम्म पुष्टि भएको १००७ जना संक्रमितमध्ये करिब ७० प्रतिशत २० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् ।

संक्रमित हुनेहरुमा नौ वर्षसम्मका बालबालिकाहरुको संख्या ४.४६ प्रतिशत र ६० वर्षभन्दा माथिको संख्या १.४८ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ ।

बालबालिकाहरुको सूचीमा बाजुरा जिल्ला, गौरी गंगा नगरपालिकाकी क्वोरन्टिनमै जन्मिएकी एक बालिका पनि रहेकी छिन् ।

कुल संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा बढी ४७६ अर्थात् करिब ४७ प्रतिशत रहेको छ ।

यस्तै ३०-३९ वर्ष उमेर समूहका २२८ अर्थात् २२.६४ प्रतिशत १०-२९ वर्ष उमेर समूहका १२१ अर्थात् १२ प्रतिशत, ४०-४९ वर्ष उमेर समूहका ८.४४ प्रतिशत र ५०-५९ वर्ष उमेर समूहका ३.५७ प्रतिशत रहेको छ ।

यसैगरी ६०-६९ उमेर समूहका करिब एक प्रतिशत र ७० वर्षमाथिको ०.५ प्रतिशत रहेका छन् ।

बालबालिका र बृद्धबृद्धाहरुमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको बढी जोखिम रहेको चर्चा चलिरहेका बेला सुदूरपश्चिममा भने यस्तो अवस्था देखिएको छ ।

नेपालमा देखिएका संक्रमित केशहरु सबै बाहिरबाट आयातित भएका र बाहिरबाट आउने व्यक्तिहरु अधिकांश युवाहरु भएका कारण यस्तो देखिएको बताउँछन् कोरोना संक्रमितहरुको उपचारमा खटिएका सेती प्रादेशिक अस्पतालका डा निराजनदत्त शर्मा ।

‘जुन ठाउँमा संक्रमण उब्जियो, त्यस्तो बालबालिका, बृद्धबृद्धा, दीर्घरोगीहरु उच्च जोखिममा छन् भनिएको हो,’ डा शर्मा भन्छन्, ‘विश्वव्यापी तथ्याङ्कले संक्रमित भएका बालबालिकाहरु र बृद्धबृद्धाहरुको बढी मृत्यु भएको देखाउँछ ।’

उनले अहिलेसम्म पत्ता लागेका संक्रमितहरुमध्ये ९० प्रतिशतभन्दा बढीमा कुनै लक्षण नदेखिएको बताए ।

लक्षण नदेखिए पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने भएकाले मास्क लाउने, भौतिक दुरी कायम गर्ने, सरसफाइमा ध्यान दिने जस्ता सावधानी अपनाउनु उनी सुझाव दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment