Comments Add Comment

छुरीले मसाज गर्ने अनौंठो परम्परा, जुन २ हजार वर्षदेखि चलिरहेको छ

छुरीले जीउको मसाज गर्ने भन्ने कुरा सुन्दा आङै सिरिङ्ग हुन्छ । तर यो दुनियाँमा एउटा यस्तो परम्परा छ, जहाँ छुरीले मसाज गरिन्छ ।

ताइवानमा विगत २ हजार वर्षदेखि छुरीले जीउमा मसाज गर्ने परम्परा चलिरहेको छ । अहिले पनि ताइवानका विभिन्न मसाज पार्लरहरुमा नाइफ थेरापी अर्थात् छुरीको मसाज पनि हुन्छ । छुरीले मसाज गर्ने त्यस्तो परम्परालाई स्थानीय भाषामा डाउलियाओ भनिन्छ ।

छुरीले मसाज गर्ने परम्परा २ हजार वर्षअघि बौद्ध भिक्षुहरुले गरेको इतिहास छ ।

करिब एक हजार वर्षअघि तांग वंशको पालामा जापानमा पनि यस्तो छुरी मसाज निकै प्रचलित बनेको थियो । सन् १९४० को चिनिया गृहयुद्धका समयमा यो परम्परा ताइवान पुगको थियो । अहिले चीन र जापानमा यो परम्परा लगभग लोप भइसक्दा ताइवानमा भने मौलाइरहेको छ । ताइवानको राजधानी ताइपेइमा यो छुरी थेरापी सिकाउनका लागि एक शैक्षिक केन्द्रसमेत खोलिएको छ ।

उक्त तालिम केन्द्रको नाम द एनसिएन्ट आर्ट अफ नाइफ मसाज डाओलियाओ आइ जिंग एजुकेशनल सेन्टर हो । पूरै ताइवानमा यो शैक्षिक केन्द्रका करिब ३६ वटा शाखा छन् । त्यसमध्ये १५ वटा त पछिल्लो पाँच वर्षमै खोलिएको थियो । त्यहाँ विश्वभरका मानिसहरु छुरी मसाजको कला सिक्नका लागि जाने गर्दछन् ।

जीउको दुखाइ तथा घाउचोट ठीक पार्न, निद्रा नलाग्ने समस्याको उपचार गर्न, सरीरको दुखाइको समस्याबाट मुक्ति पाउनका लागि मानिसहरु छुरीको मसाज गर्ने गर्दछन् ।
चिनियाँ औषधि विज्ञानमा जुन प्रकारले एक्युप्रेसर थेरापी गरिन्छ त्यसैगरी छुरी थेरापीमा पनि प्रेसर विन्दुलाई लक्षित गरिन्छ । त्यसलाई क्यू आई डोर्स भनिन्छ ।

नाइफ थेरापीमा केही नियमहरु पालना गर्नु आवश्यक छ । मसाज गरिदिने कामदारको मूड ठीक छैन भने उसलाई छुरी चलाउन दिइँदैन । मुड ठीक नभएको बेला छुरी चलाउँदा मसाज लिने मानिसको सरीरमा नकारात्मक उर्जा प्रवेश गर्ने विश्वास गरिन्छ । छुरी मसाज गर्ने कर्मचारीले सदैव सकारात्मक उर्जासाथ काम गर्नुपर्ने नियम छ । साथै मसाज गर्नेले शुद्ध शाकाहारी भोजन गर्नुपर्दछ ।

छुरीको मसाज गर्न आउने ग्राहकहरुले पार्लरमा आफ्ना बच्चाहरु समेत लिएर आउन पाउँदछन् । बच्चाबच्चीहरु पार्लरमा रहेका काठका टुक्राहरुसँग खेल्न पाउँछन् र स्कुलको तनाव भगाउन सक्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment