+
+

तिलोत्तमाको बजेट १ अर्ब ८९ करोड २६ लाख

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १९:३३

१० असार, बुटवल । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को लागि १ अर्ब ८९ करोड २६ लाखको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तुलनामा तिलोत्तमाले आगामी आर्थिक वर्षको बजेट ३५ करोडले बढी हो ।

बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तावित बजेटमा सामाजिक सुरक्षाको २५ करोड बाहेक चालुतर्फ ५२ करोड १ लाख अर्थात् ३१.६७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब १२ करोड २५ लाख अर्थात् ६८.३३ प्रतिशत रकम खर्च प्रस्ताव गरिएको छ ।

तिलोत्तमाले बजेटमा आम्दानीका स्रोतको रुपमा आन्तरिक राजस्व ५७ करोड ९२ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २३ करोड ३४ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट ३ करोड, गत वर्षको मौज्दातबाट १ करोड, लागत सहभागितामार्फत् ४ करोड प्राप्त हुने लक्ष्य निर्धारण गरेको छ ।

बजेटमा शिक्षामा ३५ करोड ६८ लाख, स्वास्थ्यमा १३ करोड ६० लाख, कृषि, पशुपालन र सिञ्चाईमा ९ करोड ७६ लाख विनियोजन गरिएको छ । उद्योग तथा वाणिज्य क्षेत्रको लागि ६ करोड ७५ लाख, भवन, शहरी विकास र पूर्वाधारको लागि ४४ करोड ५८ लाख, युवा साझेदारी कार्यक्रम तथा खेलकुद मैदान पूर्वाधारको लागि २ करोड २२ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको लागि २ करोड २२ लाख विनियोजन गरिएको छ ।

बजेटमा जग्गा चक्लाबन्दी गरी खेती गर्नेलाई अनुदान दिन ८० लाख, शीत भण्डार एवं कृषि उपज संकलन तथा प्रशोधन केन्द्र निर्माणको लागि १ करोड, सामुदायिक विद्यालयको भवन तथा अन्य पूर्वाधार निर्माणको लागि १ करोड, कोभिड–१९ रोग नियन्त्रणको लागि ५० लाख, वडा नं. १, ४, ५, ८, १०, ११ का वडा कार्यालय भवन निर्माण क्रमागतको लागि ३ करोड ७० लाख, एकीकृत सरसफाइ केन्द्र निर्माणको लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

कोभिड—१९ ले आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट पार पाउन स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेकोले बजेटमा भौतिक पूर्वाधारतर्फ नयाँ कार्यक्रम समावेश गर्न नसकिएको उप–प्रमुख चौधरीले बताइन् ।

बजेट सार्वजनिकपछि नगरसभामा बोल्दै नगर प्रमुख वासुदेव घिमिरेले क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाई नगरबासीमा परिवर्तनको अनुभूति गराउने गरी बजेट आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?