Comments Add Comment

सैनामैनाको बजेट ७० करोड ८३ लाख

१० असार, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट ल्याएको छ ।

यो बजेट गत वर्षभन्दा करिव २० करोडले कम हो । नगर उपप्रमुख विना रानाले बुधबार प्रस्तुत गरेको कुल बजेटमध्ये चालू खर्चतर्फ ४५ करोड ९४ लाख ८७ हजार ५ सय ४६ र पूँजीगत खर्चतर्फ २४ करोड ८४ लाख ७ हजार विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोतमध्ये संघीय सरकारबाट प्राप्त अनुदान ५५ करोड ९४ लाख ८७ हजार, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ५७ लाख र आन्तरिक स्रोतबाट १३ करोड ३१ लाख रुपैयाँ अनुमान गरिएको छ ।

११ वटा वडा रहेको सैनामैनामा वडा नंं १ मा ६६ लाख, वडा नंं २ मा ४० लाख, वडा नंं ३ मा ३८ लाख, वडा नंं ४ मा ५३ लाख, वडा नंं ५ मा ५९ लाख, वडा नंं ६ मा ६१ लाख, वडा नंं ७ मा ३५ लाख, वडा नंं ८ मा ३५ लाख, वडा नंं ९ मा ४७ लाख, वडा नंं १० मा ६५ लाख र वडा नंं ११ मा ५७ लाख रुपैयां वजेट विनियोजन गरिएको छ ।

बजेटमा रोजगारीका अवसर सिर्जना गर्ने, भूमि बैंकमार्फत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीको रुपमा विकास गर्ने, एकीकृत कृषि प्रणाली अवलम्बन गर्ने, कृषि र पशुपंक्षीजन्य उत्पादनमा आत्मनिर्भर वनाउने लगायतका योजनालाई समेटिएको छ ।

कोरोना भाइरसको महामारीबाट नगरबासीलाई सुरक्षित गर्न स्वास्थ्य तथा सरसफाइको क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ७ करोड ९ लाख रुपैयाँ विनियोजन गरिएको छ । सार्वजनिक जग्गामा टोल विकास संस्था मार्फत फलफूल लगायतका नगदे बालीको विरुवा रोप्न टोल विकास संस्थालाई अनुदान स्वरुप १७ लाख ५५ हजार रुपैयाँ छुट्याइएको छ । एक स्थानीय तह, एक उत्पादन कार्यक्रम र नगरपालिका स्तरिय कोशेली घर लगायतका अन्य कार्यक्रम सञ्चालनको लागि ६८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

एकीकृत भई आएका सहकारीमार्फत बेरोजगार युवा तथा महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सैनामैना नगरपालिका वडा.नं. ८ मा लुम्बिनी सांस्कृतिक शहर निर्माण गर्नको लागि ५० लाख विनियोजन गरिएको छ भने पर्रोहा परमेश्वर बोलबमधाम मन्दिरको पुनःनिर्माणको लागि संघ, प्रदेश र सैनामैना नगरपालिकाको स्रोतबाट ६० लाख बजेट विनियोजन गरिएको छ ।

पशुपति माविमा खेलमैदान तारबार, महरेहवा देवी आधारभूत विद्यालयमा खेलमैदान स्तरोन्नति तथा सैनामैना ४ मुर्गियामा फुटबल स्टेडियम स्तरन्नोतिको लागि ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शहीद नारायण पोखरेल रामापुर क्याम्पसको पूर्वाधार निर्माणको लागि भारतीय राजदूतावासको साझेदारीमा ५ करोड ११ लाख, विपन्न तथा गरिब व्यक्तिहरुको एकीकृत आवास निर्माणको निरन्तरताका लागि ५५ लाख बजेट विनियोजन भएको छ ।

प्रदेश सरकारको बहुवर्षीय योजनाको रुपमा रहेको वडा नं ९ मा अत्याधुनिक यात्रु प्रतीक्षालय सहितको रिफ्रेस सेन्टर निर्माण गर्न १४ करोड र क्वाारेन्टिन तथा आइसोलेसन व्यवस्थापन गर्न कोरोना नियन्त्रण कोषमा १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment