
११ असार, काठमाडौं । अवैध लागूऔषध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले पर्साबाट पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का ४३ वर्षीय मंगल सिंह रुम्बा, २१ वर्षका सुवास तामाङ, २० वर्षका रामबहादुर तामाङ, २२ वर्षका सुमन तामाङ र ५० वर्षका धनबहादुर तामाङ रहेका छन् ।
ठोरी गाउँपालिका–४ स्थित नयाँवस्तीबाट अटो चढेर बाराको जितपुरतर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई बिहीबार नियन्त्रणमा लिइएको सुवर्णपुर बीओपीका सशस्त्र प्रहरी निरीक्षक सिंहवीर मल्लले जानकारी दिए ।
मल्लका अनुसार चेकजाँचको क्रममा उनीहरुको साथबाट ४४ हजार ११० रुपैयाँ नगदसहित एक थान खुकुरी, एक थान खुर्पा, एक थान तराजु, ५ थान मोबाइल सेट र ३ थान टर्चलाइट बरामद भएको छ ।
मल्लले भने, ‘नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरुले मनहरीबाट गाँजा बोकेर नयाँबस्तीस्थित अपरिचित व्यक्तिलाई बुझाएर घर फर्किँदै गरेका रहेछन् । पाँचै जनालाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि प्रहरी चौकी सुवर्णपुरको जिम्मा लगाएका छौं । ‘
प्रतिक्रिया 4