+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

प्रोत्साहन भत्ता नपाएपछि सुर्खेतमा डाक्टर आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १४:३७

११ असार, सुर्खेत । प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा  उत्रिएका छन् ।

कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् ।

उनीहरुले बिहीबार अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् ।

कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुका लागि मंसिरदेखि लागु हुने गरी कर्णाली प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । तर चालु आर्थिक वर्ष सकिन लाग्दा पनि नपाएपछि आन्दोलन गर्न बाध्य भएको प्रदेश अस्पतालका आन्दोलित डा. प्रकाश वलीले बताए ।

‘हामीले योभन्दा अगाडि पटक–पटक लिखित र मौखिक रुपमा सरकारलाई भत्ता उपलव्ध गराउन माग गर्‍यौं तर सरकारले सुनेन,’ उनले भने, ‘यो आर्थिक वर्ष पनि सकिन लागिसक्यो । सरकारले दिन्छु त भन्छ तर ७ महिना बित्दा पनि दिन सकेको छैन । अरु स्थायी चिकित्सकहरुले भने पाइरहेका छन् । हामी बाध्य भएर आन्दोनमा उत्रिएका हौं ।’

डा. वलीका अनुसार प्रदेश अस्पतालमा ८ औं तहका २५ जना डाक्टर कार्यरत छन् । यीमध्ये एकजना मात्रै स्थायी छन् ।

यस्तो थियो प्रदेश सरकारको निर्णय

कर्णालीमा दरबन्दी बमोजिमका विशेषज्ञ डाक्टर नआएपछि प्रदेश सरकारले विशेष प्रोत्साहन भत्ताको व्यवस्था गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार चिकित्सकहरुलाई उनीहरुको तह र जिल्ला अनुसारको प्रोत्साहन भत्ता प्रदेश सरकारले दिने व्यवस्था गरेको हो ।

एघारौं तहका विशेष चिकित्सकले सुर्खेतमा तलबको ७५ प्रतिशत प्रोत्साहन भत्ता पाउँछन् । दैलेख, जाजरकोट, पश्चिम रुकुम र सल्यानमा ९० प्रतिशत, कालीकोट र जुम्लामा १०० प्रतिशत, हुम्ला, डोल्पा र मुगुमा १३५ प्रतिशत प्रोत्साहनवापतको रकम दिने निर्णय भएको छ ।

सरकारको निर्णयअनुसार नवौं र दशौं तहका चिकित्सकले सुर्खेतमा तलबको ७५ प्रतिशत, जाजरकोट, दैलेख, रुकुम पश्चिम र सल्यानमा ८० प्रतिशत, कालीकोट र जुम्लामा ९० प्रतिशत, हुम्ला, डोल्पा र मुगुमा १२५ प्रतिशत प्रोत्साहन भत्ता पाउँछन् ।

यसैगरी आठौं तहका चिकित्सकलाई तलबको सुर्खेतमा ५० प्रतिशत, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा ६० प्रतिशत, कालीकोट र जुम्लामा ७५ प्रतिशत, मुगु, डोल्पा र हुम्लामा १०० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?