 
																			११ असार, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ४९ करोड ६२ लाख १६ हजार ५ सय ९९ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ को तुलनामा केही घटाएर बजेट ल्याएको हो ।
नगरकी उपप्रमुख लिशा नकर्मीले बुधबार आयोजित नगरसभाको पाँचौ अधिवेशनमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै चालूतर्फ ७४ करोड १२ लाख ६ हजार ५ सय ९९ र पुँजीगततर्फ ६० करोड ५० लाख १० हजार बजेट विनियोजन गरिएको बताइन् ।
सामाजिक सुरक्षातर्फ १५ करोड रकम विनियोजित गरिएको छ। नगरपालिकाले आम्दानीतर्फ अन्तरिक श्रोतबाट २४ करोड ५१ लाख ५० हजार देखाएको छ ।
आन्तरिक स्रोत अन्तर्गत घर जग्गा रजिष्ट्रेसनबाट २८ करोड र बाहृय श्रोततर्फ निशर्त अनुदानबाट नेपाल सरकारबाट ६६ करोड ३५ लाख १९ हजार ६ सय ९० र प्रदेश सरकारबाट प्राप्त १२ करोड ८५ लाख २६ हजार र अन्य सरकारी निकायबाट २१ करोड २० लाख १७ हजार ९ सय ९ रहेको उल्लेख छ।
चन्द्रागिरि नगरपालिकाको दिगो विकासमा टेवा पुर्याउन नगरभित्र रहेका सवै वडाहरूमा एकरूपले समान बिकासका मोडालिटीहरुलाई अघि बढाइने भएको छ ।
दहचोक, ईन्द्रह, मक्ष्यनारायण, मातातीर्थ, थानकोट एकीकृत पर्यटन विकासलाई मुख्य प्राथमिकता दिइएको छ । दिगो पर्यटकीय क्षेत्रको आधार तय गर्ने पनि बजेटमा लक्ष्य लिइएको छ ।
पालिकाले बिशेष महत्वका कार्यक्रम अन्तर्गत नगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग बिकास, थानकोट त्रिभुवन पार्क निर्माण, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण लगायत परेका छन् ।
नगरपालिकाबाट सञ्चालित बिकास कार्यक्रमको सुनिश्चितताको लागि सुत्रमा आधारित बजेट प्रणाली, डिजिटल कर प्रणाली प्रशासनिक सुधार, मितव्ययीता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले नगरले निर्धारित गरेका लक्ष्य हासिल हुने बिश्वास लिएका छौँ,’ नगर प्रमुख घनश्याम गिरीले भने ।
नगर प्रमुख गिरीले सुशासन कायम गराउन, भष्ट्राचार रोक थाम गर्न नगरपालिका कडा रुपमा प्रस्तुत हुने पनि बताए । उनले जनतासँग मेयर कार्यक्रमलाई अगाडि सार्दै, विभिन्न योजना र कार्यक्रमहरूलाई पुनः अवलोकन गर्दै योजना र कार्यक्रमहरूको चेकजाँचका लागि छुटै संयन्त्रको विकास गर्ने पनि तयारी गरिएको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4