+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

आत्महत्या गरेका दैलेखका युवकमा कोरोना संक्रमण पुष्टि

यज्ञ खत्री यज्ञ खत्री
२०७७ असार ११ गते १८:२०

११ असार, सुर्खेत । आत्महत्या गरेका दैलेखका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान घर नजिकै झुण्डिएको अवस्थामा भेटिएका दुल्लु नगरपालिका-१० का २१ वर्षीय युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार नै युवकको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो । अस्पतालले पीसीआर जाँच नगरी पोष्टमार्टम गर्न नमानेपछि स्वाब संकलन गरी सुर्खेत पठाइएकोमा बिहीबार रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए ।

‘अस्पतालका चिकित्सकले स्वाब परीक्षण गरेपछि मात्रै पोष्टमार्टम गर्ने बताएपछि स्वाब संकलन गरीसुर्खेत पठाएका थियौं,’ मेयर भण्डारीले भने, ‘उनको रिपोर्ट पोजेटिभ आएको छ, शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेका छौं ।’

गत जेठ ११ गते भारतबाट दैलेख आइपुगको युवक पञ्चकोसी माध्यामिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेका थिए ।

उनीसँगै क्वारेन्टिनमा बसेका २११ जनाको आरडीटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको नगरपालिकाको वडानम्बर १० का अध्यक्ष हर्क खड्काले बताए ।

एकजना थपिएसँगै दैलेखमा मात्रै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ भने कर्णालीमा ६ पुगेको छ । यसअघि सुर्खेतमा दुईजना, दैलेखमा दुईजना र डोल्पामा एकजनाको मृत्यु भइसकेको छ।

मृत्यु भएका ६ जनामध्ये ५ जनामा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो भने एकजनामा मृत्युअघि नै संक्रमण पुष्टि भएको थियो ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?