
११ असार, काठमाडौं । अस्पतालको बेडमा सुतेकी एक बिरामी महिलालाई चुम्बन गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका वडानम्बर ४ बस्ने २२ वर्षीय युवक सुरजकुमार मण्डल रहेका छन् ।
बुधबार बिहान विराटनगरस्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा ती महिलालाई चुम्बन गर्न खोजेको आरोपमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
युवकलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4