Comments Add Comment

‘नागरिकता विधेयक फिर्ता नलिए आन्दोलन हुन्छ’

११ असार जनकपुरधाम । नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई सात बर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताविक विधेयकबिरुद्व जनकपुरधाममा बिहीबार पनि प्रदर्शन भएको छ ।

जनता समाजवादी पार्टीका प्रदेश सांसद, नेता/कार्यकर्ताले बिहीबार स्थानीय जनक चोकमा नागरिकता विधेयकबिरुद्व प्रदर्शन गरेका हुन् । सडकमै प्लेकोर्डसहित बसेका उनीहरुले विधेयक खारेजको माग गरेका छन् ।

जसपाका प्रदेश सांसद परमेश्वर साहले सबै त्याग गरेर आउने महिलालाई विभेद गर्न खोज्नु ठूलो अन्याय हुने बताए । विवाह गरेर आउने महिलाले तत्कालै नागरिकता नपाए उनको कस्तो भविष्य होला ? भनी प्रश्न गरे ।

उनले विधेयक फिर्ता नलिएमा यसअघि भएका मधेश आन्दोलनभन्दा पनि सशक्त आन्दोलन थालिने बताए । ‘अहिलेको आन्दोलन टेलर मात्रै हो’ उनले भने, ‘२०६३ र २०७२ साल झैं आन्दोलन हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment