+
+

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

अनिल खत्री अनिल खत्री
२०७७ असार १२ गते ८:१३

१२ असार, तम्घास । गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकामा ५ जना, इस्मा गाउँपालिकामा ४ जना र रुरु क्षेत्र गाउँपालिकामा ३ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २९, ३६, ३५ र २३ वर्षका पुरुष तथा १९ वर्षकी महिला छन् । त्यस्तै इस्मा गाउँपालिकाका २०, ३४ र २६ वर्षका पुरुष तथा २२ वर्षकी महिला छन् ।

रुरु क्षेत्र गाउँपालिकामा ५ वर्षीय बालक तथा २८ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी आचार्यले बताए ।

१२ जना संक्रमित थपिएपछि गुल्मीमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या २५७ पुगेको छ । २० जना कोरोना संक्रमितहरु भने डिस्चार्ज भएर घर फर्किसकेका छन् । गुल्मी जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी १ हजार ४ सय ५६ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकोमा ५५९ जनाको रिपोर्ट आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?