Comments Add Comment

बेलायतबाट ८३ नेपाली स्वदेश फर्किए

१२ असार,काठमाडौं । कोरोना महामारीका कारण अलपत्र परेका ८३ जना नेपाली शुक्रबार स्‍वदेश फर्किएका छन् ।

एनआरएन यूकेको पहलमा बेलायतस्थित नेपाली दुतावासले प्रबन्ध गरेको चार्टर्ड फ्लाइटमा उनीहरु स्वदेश फर्किएका हुन् ।

पहिले स्वदेश फर्कन इच्छुकहरु पनि भाडा सोचे भन्दा महंगो भएका कारण पनि पछिल्लो समयमा नजाने मनस्थितिमा पुगेकाले चार्टर्ड फ्लाइटबाट ८३ जनामात्र फर्किएका एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् ।

बुधबार पहिलो चरणमा ग्याटविक एयरपोर्टबाट १ सय ४६ जना नेपाल उडेका थिए । १ सय ५८ जना क्षमता रहेको जहाजको लागि दोस्रो चार्टर उडानका लागि सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसेजको लागि एनआरएन यूके सल्लाहकार तथा क्याट यूकेका अध्यक्ष जीवन सेनले स्थानीय व्यवस्थापनको जिम्मा लिएका थिए ।

उद्धारको लागि चार्टर्ड फ्लाइटको माग गर्ने मेडिकल डक्टरहरु भने अन्तिममा नेपाल फर्किएनन् ।

एनआरएन युके र नेपाली दूतावासले संकलन गरेको सूचीमा रहेका ४ सय २० जनाले नेपाल जान इच्छा देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment