+
+
Shares

सुरुङको उत्खननमा थपिंदै एक्स्काभेटर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते ११:४९

२० भदौ, काठमाडौं । रसुवा बाढीले प्रभावित जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उत्खननका लागि एक्स्काभेटर थपिँदैछ ।

उत्खनन तथा उद्धारको लागि ३ वटा एक्सााभेटर प्रयोग भैरहेकोमा उत्खनन कार्यलाई अझै तीव्रताका साथ अगाडि बढाउनको लागि थप एक्स्काभेटर सहयोगको लागि आयोजना स्थलबाटै सडक डिभिजन कार्यालय नुवाकोटलाई पत्रचार भएको छ ।

त्रिशूली ३ ए को सर्भे टोलीले त्यसस्थानमा पुगेर सर्वेक्षण कार्य सम्पन्न गरी पावरहाउससहित सबै भवनहरूको सिमाना चिन्ह लगाएको छ ।

हाल उत्खनन कार्य कार्यालय भवनको स्थानमा भइरहेको छ ।

सर्भे टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयमा गरेको ब्रिफ्रिङका अनुसार पावरहाउसको माथिबाट नदी बगिरहेको छ ।

त्रिशूली ३ ए बाट उत्खन्न तथा उद्धारको कार्य सम्बन्धित सामग्री तथा औजारहरु यस आयोजनास्थल त्रिशुली ३ बि लाइ उपलब्ध गराउने गरी व्यवस्थित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?