Comments Add Comment

कसरी कोरोना भाइरसको मारमा पर्‍यो पेरु ?

१४ असार, काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा कोरोना संक्रमण फैलिने संकेत पाएपछि तत्कालै कडा किसिमको लकडाउन गरे पनि सो मुलुक अहिले धेरै संक्रमितको सूचीमा छैटौं स्थानमा परेको छ ।

पेरुका राष्ट्रपति मार्टिन भिज्काराले लकडाउनका कारण पहिले अनुमान गरिएजस्तो भयावह अवस्था अहिले नरहेको दाबी गरिरहेका छन् । तर पेरु किन कोरोना भाइरसबाट यति धेरै प्रभावित बन्यो त ? यसका केही कारण यस्ता छन् ।

सीमा बन्द र  कर्फ्यु

मार्च १६ देखि पेरुले लकडाउन सुरु गर्दा बेलायतलगायत केही केही युरोपेली मुलुक खुला थिए । पेरुले सीमा बन्द गरेर कफ्र्यु लगाइएको थियो । यति हुँदाहुँदै पनि संक्रमित र मृतक संख्या निरन्तर बढिरहृयो ।

जुन महिनासम्म लम्बिएको पेरुको लकडाउनले विश्वको सबैभन्दा लामो लकडाउनको कीर्तिमानी कायम गरेको छ । लकडाउन जारी राख्दा मृत्यु हुनेको संख्या उच्च रहेको भए पनि थप संक्रमितको संख्यामा भने निरन्तर कमी आइरहेको छ ।

आधिकारिक तथ्यांकअनुसार अहिलेसम्म पेरुमा कोरोना भाइरसका कारण आठ हजार पाँच सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । साथै, अघिल्ला वर्षहरूको औसत मृत्यु हुनेको तुलनामा थप मृत्यु हुनेको संख्या पनि पेरुमा धेरै छ । लकडाउन अवधिमा पेरुमा सामान्य अवस्थाको भन्दा ८७ प्रतिशत धेरैको मृत्यु भएको छ ।

पेरुमा लकडाउन किन प्रभावहीन बन्यो ?

पेरुमा प्रति एक हजारमा ६ जनाको दरले परीक्षण हुँदा युरोपेली मुलुकमध्ये दोस्रो धेरै संक्रमित राष्ट्रको सूचीमा परेका छन् । यो परीक्षण दर अन्य केही ल्याटिन अमेरिकी मुलुकभन्दा बढी हो । तर इटालीको तुलनामा भने यो निकै कम हो । इटालीमा एक हजार जनामा ८० जनाको दरले परीक्षण भइसकेको छ ।

विशेषज्ञहरूले भने पेरुको स्वास्थ्यस्याहार प्रणाली निकै राम्रो रहेको बताउँदै आएका थिए । तर केही सामाजिक र आर्थिक कारणले पेरु कोभिड नियन्त्रणका लागि संघर्ष गरिरहेको छ । जसमध्ये केही यहाँ उल्लेख गरिएको छ –

१. बजार

लामो समयसम्म खाना सञ्चय गर्नको लागि पेरुका ४० प्रतिशत बढी घरमा रेपि|mजिरेटर नभएको २०२० को सरकारी सर्वेक्षणले देखाएको छ । यसले पनि उनीहरू निरन्तर बजार आउजाउ गरिरहनुपर्ने बाध्यता रहेको पेरुका अर्थशास्त्री हुगो नोपो बताउँछन् ।

पेरुका राष्ट्रपति भिज्कारा पनि संक्रमण विस्तारको मुख्य स्रोत नै बजार रहेको बताउँछन् । पेरुको बजारमा ४० देखि ८० प्रतिशत विक्रेता कोरोना संक्रमित रहेको उनको अनुमान छ ।

सरकारले सीमित समयमा मात्र बजार खोल्न दिने निर्णय गरेकाले यस्तो अवस्था आएको विशेषज्ञहरूले बताएका छन् । सरकारले बजारबाट संक्रमण बढेको भन्दै ढिलो गरी बजारलाई व्यवस्थित पार्ने काम सुरु गरेको छ । यसैले पनि काम गर्न ढिला भएको विशेषकहरू बताउँछन् ।

२. अनौपचारिक अर्थतन्त्र

पेरुका समग्र रोजगारीमध्ये ७० प्रतिशतभन्दा बढी अनौपचारिक क्षेत्रमा काम गर्छन् । यो दर ल्याटिन अमेरिकामा सबैभन्दा बढी हो । उनीहरूको कामको प्रकृतिबाट यो कुरा अनुमान गर्न सकिन्छ कि त्यहाँ भौतिक दुरी कायम राख्नु निकै कठिन हुन्छ । ‘काममा जाने मानिसहरू सार्वजनिक यातायातको प्रयोग गर्छन् र निकै भिडभाड भएको क्षेत्रमा सामान किन्न जान्छन्’, नोपोले भने ।

३. बैङ्क

राष्ट्रपति भिज्काराका अनुसार कोरोना भाइरसको संक्रमणको अर्को स्रोत बैङ्क हो । मानिसलाई सहयोग गर्न जानु नै अर्को समस्या रहेको उनको भनाइ छ । ‘सबैको बैङ्क खाता भइदिएको भए काम निकै सहज हुन्थ्यो’, उनले भने । पेरुले आफ्नो जीडीपीको १२ प्रतिशत बराबरको राहतको रुपमा वितरण गर्ने योजना ल्यायो ।

रोजगारी तथा आम्दानी गुमाएका मानिसको लागि यो राहतको कार्यक्रम ल्याइएको थियो । सरकारको यो कार्यको प्रशंसा भयो ।

तर केवल ३८ प्रतिशत पेरुका नागरिकको मात्र बैङ्क खाता थियो । जसको कारण डिजिटल भुक्तानी असम्भवप्रायः बन्न पुग्यो । धेरै बेरोजगारहरू सरकारको राहत लिनका लागि बैङ्क खाता खोल्न गए । यससँगै बैङ्कमा अत्यधिक भिडभाड देखियो । जसको कारण कोरोना भाइरसको जोखिम बढ्यो ।

अहिले सरकारले बैङ्किङ समय बढाएर बैङ्कमा हुने भिड नियन्त्रणको प्रयास गरिरहेको छ ।

४. भौतिक दुरी

पछिल्लो एक सर्वेक्षणले पेरुका ११ दशमलव ८ प्रतिशत गरिब परिवारको घर अत्यधिक भिडभाड हुने क्षेत्रमा छ । केही अधिकारीहरूले सार्वजनिक स्थलमा भौतिक दुरीको नियम निकै कम मात्र पालना हुने गरेको बताउँदै आएका छन् ।

यसैबीच पेरुको अर्थतन्त्र पुनः खुल्न थालेको छ । यस्तो अवस्थामा मानिसहरूलाई भौतिक दुरी कायम राख्ने, बजार, यातायात र अन्य प्रणालीमा कसरी सुधार गर्ने भन्ने लगायतका विषयमा राम्रोसँग मानिसहरूलाई सचेत गराउनु जरुरी रहेको विशेषज्ञहरू बताउँछन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment