+
+
Shares

सेलपे खेती अफर

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १४ गते १८:२२

काठमाडौं । सेलकम प्रालिको ‘सेलपे सेवा’ले नेपालको अग्रणी इ-कमर्श प्लेटफार्म खेती फुडसँग ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे खेती अफरको लागि सहकार्य गरेको छ । यो अफर असार ११ गतेदेखि सुरु भएको छ ।

यो अफरअन्तर्गत ग्राहकहरुले खेती एप वा वेब एप्लिकेसनबाट कुनै पनि सामान खरिद गरी सेल-पेबाट भुक्तानी गरे ५० प्रतिशतसम्मको डिस्काउन्ट कुपनका साथै रु. १००० भन्दामाथि रकमको सामानको खरिदमा १ किलो टमाटर सित्तैमा पाउनेछन् ।

सेलपे खेती अफरमा सहभागी भई डिस्काउन्ट कुपन पाउनको लागि खेती एप वा वेब एप्लिकेसनबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्न पाइनेछ ।
‘पे भिआ सेलपे’मा ट्याप गरी आफ्नो सेलपे युजर नेम र पासवर्ड राखी बैंक छनौट गरेर भुक्तानी गर्न सकिने छ ।

यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आˆनो बैंक खाता लिंक गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?