Comments Add Comment

लकडाउन अवधिको ब्याजमा ५० प्रतिशत छुट दिन उद्योगीको माग

१४ असार, बुटवल । रुपन्देही उद्योग संघले लकडाउन अवधिको ब्याजमा ५० प्रतिशत छुट दिनुपर्नेलगायतका माग राख्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।

संघले आगामी आर्थिक वर्षको मौद्रिक नीति उद्योगमैत्री हुनुपर्नेमा समेत राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

बैंकको भैरहवा शाखाका प्रमुखमार्फत गभर्नर महाप्रसाद अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा लकडाउन अवधिको ब्याजमा ५० प्रतिशत छुट, ब्याज, सावा र किस्तालाई पुनर्तालिकीकरण गरी एक बर्ष म्याद थप गर्नुपर्ने, पुनःकर्जाको दायरा फराकिलो र लचिलो बनाइनुपर्ने, बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, कर्जा नवीकरण, शुल्कलगायतका शुल्क एकमुष्ट १० हजार रुपैयाँ भन्दा बढी लिन नहुने माग गरिएको छ ।

यस्तै सेवामूलक उद्योगहरु होटल, यातायात, कृषिलगायतका उद्योगको कर्जामा विशेष सहुलियत प्रदान गर्नुपर्ने, उद्योग क्षेत्रमा लगानी भएको कर्जामा ७ प्रतिशत भन्दा बढी ब्याजदर हुन नहुने बजारमा तलरलता कम हुन नदिन नीतिगत सुधारहरु गरिनुपर्ने, शेयर कर्जा ७५ प्रतिशत पु¥याइनुपर्ने माग गरिएको छ ।

संघका अध्यक्ष बाबुराम बोहराले सरकारी निकायले उद्योगीका समस्या सम्बोधन नगरे लगानीमैत्री वातावरण बन्न नसक्ने र निजी क्षेत्र निरुत्साहित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment