+

कासेमिरोको एकमात्र गोलमा रियल मड्रिड विजयी, शीर्ष स्थानमा दुई अंकको अग्रता

२०७७ असार  १५ गते ९:५७ २०७७ असार १५ गते ९:५७
कासेमिरोको एकमात्र गोलमा रियल मड्रिड विजयी, शीर्ष स्थानमा दुई अंकको अग्रता

१५ असार काठमाडौं । कासेमिरोले पहिलो हाफमा गरेको एक मात्र गोलमा रियल मड्रिडले ला लिगामा स्पायनयोललाई १-० ले पराजित गरेको छ । जितपछि रियल बार्सिलोनालाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

स्पानयोलको मैदानमा भएको खेलमा कासेमिरोले पहिलो हाफको अन्तिम समयमा गोल गरेका थिए । उनले करिम बेन्जामाको पासमा गोल गरेका हुन् ।

जितपछि ३२ खेलबाट ७१ अंक जोडेको रियल शीर्ष स्थानमा पुगेको छ । समान खेलबाट ६९ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ ।

यस्तै ला लिगाकै अन्य खेलमा भ्यालेन्सियालाई २-० ले पराजित गर्दै भियारियाल पाँचौ स्थानमा उक्लेको छ । ३२ खेलबाट भियारियालको ५१ अंक छ । समान खेलबाट ४६ अंक रहेको भ्यालेन्सिया आठौं स्थानमा छ ।

अर्को खेलमा आइबरले ग्रानडालाई २-१ ले पराजित गरेको छ ।

रियल मड्रिड ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय