Comments Add Comment

‘आई एम ट्वान्टी वान’का लागि तयार धिरज र जसिता

निर्देशक रेनशा वान्तवा राइले आफ्नो नयाँ चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन कहिलेबाट सुरु गर्छिन् भन्ने प्रतिक्षा चलचित्रकर्मी र दर्शकलाई छ । किनकी, घोषणा भएको लामो समयसम्म पनि चलचित्रको छायांकन सुरु हुन सकेको छैन ।

नायक धिरज मगर र नायिका जसिता गुरुङ यही चलचित्रको छायांकनको प्रतिक्षा गरिरहेका छन् । नृत्यको कथामा आधारित रहेर तयार हुन लागेको यो चलचित्र बन्छ कि बन्दैन भन्ने दुविधा पनि दर्शकमा थियो ।

तर, अब भने चलचित्रको छायांकनको तयारीमा यसको निर्माणपक्ष लागेको वुझिएको छ । निर्देशक राइले सन् २०२१ मा चलचित्र दर्शकमाझ आउने भन्दै धिरज र जसिता तयार भएको उल्लेख गरेकी छिन् ।

यो जोडीलाई पर्दामा हेर्न दर्शक आतुर छन् । चलचित्रको वर्कशप चलेको पनि लामै समय भैसकेको छ । धिरज र जसितालाई करिअर अगाडि बढाउनका लागि यो चलचित्रको काम चाडो भन्दा चाडो सुरु हुन जरुरी छ । के अब दर्शकको प्रतिक्षा सकिन लागेको हो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment