Comments Add Comment

रोपाइँ महोत्सवको आयोजना गरेर बारामा धान दिवस मनाइयो

१५ असार, वीरगञ्ज । १७ औं धान दिवसको दिन बाराको विभिन्न स्थानमा रोपाइँ महोत्सवको आयोजना गरिएको छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र सम्वृद्धि ’ भन्ने नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । कलैया उपमहानगरपालिका र प्रसौनी गाउँपालिकाले रोपाइँ महोत्सवको आयोजना गरेका हुन् ।

कलैया उपमहानगरपालिका–२२ मटिअरिया र बाराको प्रसौनी गाउँपालिका–७ बञ्जरीयामा रोपाइँ महोत्सवकको आयोजना भएको थियो । ‘मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि असार १५ मा दही, चिउरा र आँप खान्छन् ।

आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने बाध्यतामा रहका किसानका लागि यसवर्ष समयमै वर्षा सुरु भएको छ । मौसमले साथ दिएका कारण धमाधम रोपाइँ सुरु भएको कृषि प्राविधिकले जनाएका छन् ।

कलैयामा आयोजित कार्यक्रममा नगर प्रमुख राजेश राय यादवले कृषि प्रधान देश भएपनि संघ सरकारले किसानको चाहना र भावना अनुरुपको कार्यक्रम ल्याउन नसकेको बताए । उनले उपमहानगरपालिकाले किसान र कृषि मैत्री कार्यक्रम ल्याएको दाबी गरे ।

‘अझैपनि हामीकहाँ महिला वा पुरुषको समान ज्याला छैन । सबैले समान ज्याला दिन आग्रह गर्छु ।’ नगर प्रमुख यादवले भने ‘ किसानको उत्पादनलाई बजारसम्म पुर्‍याउने वातावरण बनाउन र सिंचाईका लागि आवश्यक पूर्वाधार निर्माणमा उपमहानगरपालिका प्रतिवद्ध छ ।’

प्रसौनीमा आयोजित कार्यक्रममा प्रसौनी गाउँपालिका प्रमुख भोला प्रसाद साहले किसानलाई मल र बिउका लागि ठूलो संघर्ष गर्नु परिरहेको बताए । ‘कृषिमा मुख्य योगदान दिने बारा जिल्ला तर यसका लागि रासायनिक मलको कोटा अलि बढी दिनुपर्ने हैन र ? सिञ्चाइको सवालमा पनि राम्रो व्यवस्था छैन । कृषि उपजका बजारको अवस्था उस्तै छ,’ उनले भने, ‘अर्बौ रुपैयाँको चामल विदेशबाट आयात गर्नु परिरहेको छ । उन्नत जातको बिउ मिल्दैन, आवश्यकता अनुसार मल छैन । उर्बरा शक्ति बढाउन के गर्ने किसानलाई बताउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment