+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

अछाममा क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ असार १६ गते २०:३६

१६ असार कैलाली । १४ जेठमा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो ।

वडा नं ५ मा स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन राखेर उनलाई घर पठाइएको थियो । घर पुगेको ५ दिनपछि उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

असार ९ गते आरडीटी परीक्षण गरी एक साता घरमै सुरक्षित बस्न भन्दै क्वारेन्टिनबाट पठाइएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । ‘त्योबेला आरडीटी गर्दा नेगेटिभ आएपछि उहाँलाई पठाइएको हो’ उनले भने, ‘तर, घर गएको ५ दिनपछि उहाँको मृत्यु भयो ।’

जिल्ला स्वास्थ्य कार्यालयले मधुमेहका बिरामी भई नियमित औषधि सेवन गरिरहेका व्यक्तिको मधुमेहकै कारण मृत्यु भएको जनाएको थियो । तर मृत्यु भएको दुई दिनपछि मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

‘मृत्यु भएकै भोलिपल्ट स्वाब संकलन गरेर पठाएका थियौं,’ जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले भने, ‘आज कोरोना पोजेटिभ रिर्पाेट आयो ।’

असार १३ गते राति एक्कासी श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पुर्‍याइएको र उपचारकै क्रममा १४ गते मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

अछामको बयालपाटा अस्पतालमा मृत्यु भएपछि उनको शव रामारोशन गाउँपालिका लगिएको थियो । मृतकसँगै रहेका दुईजनाले खोला नजिक उनको शव गाडेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् ।

‘उहाँको मृत्यु भएपछि अस्पतालमा सँगै रहेको २ जना कुरुवाले शव गाडेका हुन,’ उनले भनिन् । उपचारका क्रममा बिरामीका कुरुवा रहेका र शव व्यवस्थापनमा पनि खटिएका अन्य दुई जनाको रिर्पाेट भने नेगेटिभ आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?