+
+
Shares

तेश्रो पटक रोकियो प्रधानमन्त्रीको बिहे

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १४:०५

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडेरिक्सेनको बिहे तेश्रो पटक पनि स्थगित भएको छ । युरोपेली युनियनको शिखर बैठकका कारण यसपटक प्रधानमन्त्रीको बिहे पुनः रोकिएको हो ।

आफू र आफ्ना प्रेमी बो को तस्वीर फेसबुकमा राख्दै उनले आफू ती गज्जबका पुरुषसँग बिहे गर्नका लागि आतुर रहेको उल्लेख गरेकी छिन् ।

तर आफूहरुले बिहे गर्ने मिति तय गरेको दिनमै ब्रसेल्समा युरोपेली आयोगको बैठक बस्न लागेको र बिहे गर्न अप्ठोरो परेको उनको भनाइ छ ।

आफुले प्रधानमन्त्रीको रुपमा आफ्नो काम गर्नुपर्ने र डेनमार्कको हीतको विषयलाई ध्यान दिनुपर्ने भएको हुँदा पुनः बिहे स्थगित गर्नुपर्ने अवस्था आएको उनले फेसबुकमा लेखेकी छिन् ।

प्रेमी बोसँग आफूले निकट भविष्यमै बिहे गर्न पाउने आशा उनले व्यक्त गरेकी छिन् ।

स्मरण रहोस् आगामी जुलाई १७ देखि १८ सम्म ब्रसेल्समा युरोपेली आयोगका राष्ट्रप्रमुखहरुको बैठक बस्दैछ । उक्त बैठकमा २७ वटा इयू मुलुकका सरकार प्रमुखहरुले भाग लिनेछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?