 
																			१७ असार, काठमाडौं । संघीय संसदका दुवै सदनबाट नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित भएको छ ।
दिउँसो १ बजे बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भयो ।
२०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको बुधबार बिहान निधन भएको हो ।
छन्त्याल बहालवाला सांसद भएकाले शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश गरेन । बहालवाला बाहेकको हकमा अन्तिममा शोक प्रस्तावको विषय राखेर अन्य कार्यसूचीमा समेत छलफल गर्ने अभ्यास छ ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी असार २२ गते १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4